बाराही हाइड्रोपावरको अधिकतम रेञ्जमा खुल्यो पहिलो कारोबार

0
Shares

बाराही हाइड्रोपावरको सेयर बुधबार अधिकतम कारोबार रेञ्जमा कारोबार खुला भएको छ ।

धितोपत्रको दोस्रो बजारमा कम्पनीको पहिलो कारोबार नै प्रतिकित्ता १९४ रुपैयाँ ३० पैसामा खुलेको हो । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई न्युनतम ६४ रुपैयाँ ९७ पैसा देखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।

पुस २० गते, बुधबारको स्पेशल प्रि–ओपन सेसनमा बाराही हाइड्रोपावरको १० कित्ता सेयर १९४ रुपैयाँ ३० पैसाका दरले १९४३ रुपैयाँमा कारोबार भएको हो ।

कम्पनीको सेयर सोमबार नेप्सेमा सूचीकृत भएको थियो । कारोबारको लागि नेप्सेले कम्पनीलाई बिएचपीएल कारोबार संकेत दिएको छ ।


बुधबारको प्रि–ओपन सेसनमा दश कम्पनीका ३ हजार ८८३ कित्ता सेयर ३८ लाख ७३ हजार ६७ रुपैयाँमा खरिद बिक्री भएका छन् । ८ कम्पनीकाे भाउ बढ्दा दुई कम्पनीको मूल्य स्थीर छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।