‘प्रभु स्मार्ट फन्ड’ को ८ करोड इकाई जारी गर्न सेबोनको अनुमति

0
Shares

सामुहिक लगानी कोष योजना ‘प्रभु स्मार्ट फन्ड’ ले ८ इकाई निष्कासनका लागि अनुमति पाएको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुस १९ गते मंगलबार प्रतिइकाई दश रुपैयाँ अंकित दरमा ८० करोड मूल्यको ८ करोड इकाई बिक्रीको अनुमति दिएको हो ।

योजनाको आकार ८० करोड रुपैयाँ रहेको ‘प्रभु स्मार्ट फन्ड’ को कोष प्रवद्र्धमा प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त फन्ड प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा आउनेछ ।

फन्डको इकाई निष्कासनको अनुमति माग्दै योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले गत साउन २५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

धितोपत्र बोर्डले अनुमति दिएसँगै अब क्यापिटलले मिति तोकेर यस योजनाका ८ करोड इकाइ निष्कासनमा ल्याउनेछ ।

प्रभु म्युचुअल फन्ड अन्तर्गत हाल प्रभु सेलेक्ट फन्ड सञ्चालनमा रहेको छ । उक्त योजनाको आकार एक अर्ब २५ करोड बराबर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।