एनआरएन इन्फ्रास्टक्चरको लाभांश पारित

0
Shares

एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडको लाभांश पारित भएको छ ।

आम्रपाली ब्यांक्वेटमा बुधबार सम्पन्न भएको दशौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर सहित ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

सभाले आव २०७८र७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९र८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

कम्पनीले लाभांश र साधारण सभा प्रयोजनको लागि पुस ५ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार पुस ४ गते सम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।