बिहीबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

0
Shares

पुस २१ गते बिहीबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम हो । आजसम्म मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको सेयर खरिद गर्नेले मात्र लाभांश पाउनेछन् ।

दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २२ गते शुक्रबार बुकक्लोज गर्दैछन् । बुकक्लाज अनुसार दुबै कम्पनीको लाभांश पुस २१ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले माघ ६ गते साधारण सभा आह्वान गरेको छ ।

यस्तै प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।