रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको बोनस तथा नगद लाभांश तिवरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले अघिल्लो आव २०७६/७७ बाट भने चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले गत असार २९ गते एक आपसमा गाभ्ने–गाभिने सम्झौता गरेका छन् । प्रारम्भिक समझदारी पत्रमा रिलायन्सको तर्फबाट सञ्चालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका छन्। दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात अन्य थान भएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमति छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।