अपि पावरले घोषणा गर्‍यो लाभांश

0
Shares

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९४७ नगद लाभांश गरि कुल ७.८९४७ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।