बैंक अफ काठमाण्डूको बोनस सेयर नेप्सेमा सूचीकृत

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार बैंकको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सो बानस मंसिर २३ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो ।

सोही बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत बोनस सेयर अब हितग्राही खातामा जम्मा भई मर्जर प्रकृयामा रहेकाले ग्लोबल आइएमई बैंकको नाममा परिवर्तन भई जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आईएमई बैंक एक बराबर एक अनुपातमा मर्जरमा गएका हुन् । दुई बैंकले पुस २५ गते सोमबारदेखि एकीकृत कारोबार थाल्दैछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।