महिला लघुवित्तको ५० प्रतिशत लाभांश प्रस्ताव, नेप्सेले रोक्यो कारोबार

0
Shares

महिला लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुस २६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४७.५० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट कम्पनीले चुक्ता पुँजीको ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत नै लाभांश वितरण गरेको थियो ।

कम्पनीले लाभांश वितरण सम्बन्धी सूचना कारोबार समयभन्दा अघि उपलब्ध नगराएपछि लघुवित्तको सेयर कारोबार नेप्सेले रोक्का गरेको छ । कम्पनीले ११ बजेर ९ मिनेटपछि मात्र लाभांश वितरण सम्बन्धि सूचना दिएपछि कारोबार रोक्का गर्दै नेप्सेले तीन कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।