एनआईसी एशिया लघुवित्तले चैत्रभित्र साधारण सभा गर्ने

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैतभित्र मात्रै साधारण सभा सक्ने भएको छ ।

संस्थाको बाह्य लेखा परीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको लघुवित्तले जनाएको छ ।

संस्थाको वार्षिक साधारण सभा पुस मसान्तसम्ममा सम्पन्न गर्न नसकिने भएकाले आगामी चैत्र मसान्तसम्म साधारण सभा गर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् दिएको सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।