बिहीबार ११ कम्पनीको साधारण सभा, वाणिज्य बैंक मात्रै आधा दर्जन

0
Shares

आधा दर्जन वाणिज्य बैंकहरु सहित बिहीबार ११ कम्पनीले साधारण सभा सम्पन्न गर्दैछन् ।

बिहीबार साधारण सभा सम्पन्न गर्न लागेका कम्पनीहरुमा सिद्धार्थ बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल दूरसञ्चार कम्पनी, सोल्टी होटल, राधी विद्युत कम्पनी, इमर्जिङ्ग नेपाल र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले साधारण सभा सम्पन्न गर्न लागेका हुन् ।

कानुनी व्यवस्था अनुसार कम्पनीहरूले पुस मसान्तभित्र साधारण सभा गरिसक्नुपर्छ । पुस मसान्तभित्र साधारण सभा सम्पन्न नगर्ने कम्पनीहरूले जरिवाना तिर्नुपर्छ भने नेप्सेले गर्ने वर्गिकरणमा पनि ती कम्पनीहरुको क्रम पछाडि हुने गर्दछ ।

१. सिद्धार्थ बैंक

साधारण सभाः आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे
लाभांशः चुक्ता पुँजीको १२ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६६ प्रतिशत नगद लाभांश
बुकक्लोजः पुस १३ गते बुधबार

२. लक्ष्मी बैंक

साधारण सभाः अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे
लाभांशः शुन्य,
लक्ष्मी बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने
बुकक्लोजः पुस १५ गते शुक्रबार

३. प्राइम कमर्सियल बैंक

साधारण सभाः बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे
लाभांशः चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४.९५ प्रतिशत नगद लाभांश
प्राइम बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँगै मर्जर तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने
बुकक्लोजः पुस १४ गते बिहीबार

४. हिमालयन बैंक

साधारण सभाः होटल सोल्टी सोल्टीमोडमा बिहान ११ बजे
लाभांशः चुक्ता पुँजीको प्रतिशत ८ बोनस सेयर र कर प्रयोजन सहित ११.११ प्रतिशत नगद लाभांश
सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव र आवश्यक सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने
बुकक्लोजः पुस १८ गते सोमबार

५. सिभिल बैंक

साधारण सभाः अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे
लाभांशः चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश
सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने र तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने
बुकक्लोजः पुस १९ गते मंगलबार

६. राष्ट्रिय वाणिज्य बैंक

साधारण सभाः दरबारमार्ग स्थीत राष्ट्रिय वाणिज्य बैंकको सभाहल
लाभांशः चुक्ता पुँजीको प्रतिशत ५ बोनस सेयर र कर प्रयोजन सहित ७.५० प्रतिशत नगद लाभांश
बुकक्लोजः पुस १८ गते सोमबार

७. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
साधारण सभाः प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजे
लाभांशः चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश
बुकक्लोजः पुस १८ गते सोमबार

८. सोल्टी होटल

साधारण सभाः नेपाल प्रज्ञा भवन प्रेक्षालय कमलादीमा बिहान ११ बजे
लाभांशः चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २१.३२ प्रतिशत नगद लाभांश
बुकक्लोजः पुस ७ गते बिहीबार 

९. राधी विद्युत कम्पनी लिमिटेड

साधारण सभाः कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे
लाभांशः चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश
बुकक्लोजः पुस १३ गते बुधबार

१०. अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड

साधारण सभाः लिसरा रिसेप्सन भगवती बहाल, नक्सालमा बिहानको १० बजे
लाभांशः शुन्य
बुकक्लोजः पुस १४ गते बिहीबार

११. इमर्जिङ्ग नेपाल लिमिटेड

साधारण सभाः थापागाउँस्थित बानेश्वर ब्याङक्वेटमा बिहान ११ बजे
लाभांशः शुन्य
बुकक्लोजः पुस १३ गते बुधबार

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।