नेपाल दूरसञ्चार कम्पनीको लाभांश पारित

0
Shares

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

बिहीबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न भएको १५ औं वार्षिक साधारण सभाबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

टेलिकमको सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १८ गत सोमबारदेखि बुकक्लोज गरेको थियो । बुकक्लोज आधारमा पुस १७ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।