मिथिला लघुवित्तले घटाएर प्रस्ताव गर्‍यो लाभांश

0
Shares

मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट घटाएर लाभांश प्रस्तव गरेको छ । अघिल्लो आवको तुलनामा लघुवित्त कम्पनीले ११.२४ प्रतिशत कम लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समिति बैठकबाट प्रस्तावित उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।