इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनस प्रस्ताव

0
Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ बाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तीय संस्थाको पुस ३० गते शनिबार बसेको सञ्चालक समितिको ८८ औं बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांशमध्ये चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार २८५ रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड २९ लाख २ हजार ६५७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाले आव २०७८।७९ मा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी एकीकृत कारोबार सुरु गरिसकेकाले आयकर ऐन २०५८ बमोजिम बोनस सेयर वितरण गर्दा कर नलाग्ने स्पष्ट पारेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।