नयाँ सारथी लघुवित्तले २० प्रतिशत लाभांश बाँड्ने

0
Shares

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ बाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तीय संस्थाको पुस २९ गते शुक्रबार बसेको सञ्चालक समितिको ५२ औं बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांशमध्ये चुक्ता पुँजी ३० करोड ३३ लाख ९५ हजार २६० रुपैयाँको १९ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ४५ हजार ९९ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ३० लाख ३३ हजार ९५३ रुपैयाँ नगद लाभांश रहेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।