युनियन लाइफले बोनस बढाएर परिमार्जन गर्‍यो लाभांश

0
Shares

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस बढाएर लाभांश परिमार्जन गरेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्ताव गरेको बोनस सेयरमा संशोधन गरेको हो ।

पुस २९ गते बसेको सञ्चालक समितिको ८५ औं बैठकले प्रस्तावित बोनस सेयरमा संशोधन गर्दै ८.९७ प्रतिशत बोनस सेयर कायम गरेको छ । यसअघि गत पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५५३ प्रतिशत नगद गरी कुल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले प्रस्तावित लाभांश स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेकोमा प्राधिकरणले प्रस्तावित बोनस सेयरमा संशोधन गरी आगामी वार्षिक साधारण सभाबाट पारित गर्न स्वीकृति प्रदान गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।