यूनाइटेड र अजोड इन्स्योरेन्सको मर्जरले पायो सैद्धान्तिक सहमति

0
Shares

यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच भएको एक आपसमा गाभ्ने,गाभिने सम्झौताले सैद्धान्तिक सहमति पाएको छ ।

बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले दुइृ इन्स्योरेन्स कम्पनीहरुलाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
प्राधिकरणको पुस २९ गते पत्राचार गर्दै दुई कम्पनीलाई एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा जान सहमति प्रदान गरेको सम्बन्धीतथ कम्पनीले जनाएका छन् ।

दुई कम्पनीबीच पुस २६ गते डीडीएको आधारमा स्वाप रेसियो तय हुनेगरी मर्जर सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।  उक्त सहमतिपत्रमा युनाइटेड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक रवीन्द्र राज पन्त तथा अजोड इन्स्योरेन्सका तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरेका थिए ।

दुबै संस्था एकापसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड हुनेछ। युनाइटेड र अजोडबीच १००ः९० स्वाप रेसियो हुने प्रारम्भिक सहमति छ । मर्जरपछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।

यसअघि प्रभु इन्स्योरेन्ससँग सम्झौता गरेको अजोड इन्स्योरेन्सले नाम, सीईओ र स्वाप रेसियोमा कुरा नमिलेपछि भाँडिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।