“एनआईबिएल ग्रोथ फन्ड” को इकाई बाँडफाँड, योजनाको आकार १ अर्ब ३२ करोड कायम

0
Shares

“एनआईबिएल ग्रोथ फन्ड” योजनाको इकाई बाँडफाँड भएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले माघ ३ गते उक्त इकाई बाँडफाँड गरेको हो ।

सर्वसाधारणमा जारी गरिएको १२ करोड ८० लाख इकाई खरिदका लागि आवेदन दिने ४२ हजार ६० आवेदकहरुलाई ९ करोड ९३ लाख ६७ हजार ९०० इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । फन्डको १० रुपैयाँ अंङ्कित दरको १६ करोड इकाईहरु पुस ७ देखि मिति २१ गतेसम्म सार्वजानिक रुपमा बिक्री आह्वान गरिएको थियो ।

एनआईबिएल ग्रोथ फण्डको प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरको १६ करोड इकाईहरुमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रवद्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) को लागि गरी कुल निष्काशन गरिने इकाई मध्ये ३ करोड २० लाख इकाई सुरक्षित राखीएको थियो । १२ करोड ८० लाख इकाई खरिदका लागि सर्वसाधारणबाट माग आवेदन आह्वान गरिएको थियो ।

जसमा ९ करोड ९३ लाख ६७ हजार ९०० इकाई खरिदको लागि मात्र आवेदन परेको र योजना व्यवस्थापक र कोष प्रवद्घकलाई आरक्षित ३ करोड २० लाख सहित १३ करोड १३ लाख ६७ हजार ९०० इकाई अनुसार योजनाको आकार १ अर्ब ३१ करोड ३६ लाख ७९ हजार कायम भएको थियो । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिज पूँजीको रुपमा ६३ लाख २१ हजार रुपैयाँ थप गरी रितपूर्वक आवेदन दिनुहुने सम्पूर्ण आवेदक हरुलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम इकाई बाँडफाँड भएको छ । यससँगै योजनाको आकार १ अर्ब ३२ करोड बराबरले हुन आउने १ करोड ३२ लाख रुपैयाँ कायम गरिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फन्ड अन्तरगत “एनआईबिएल ग्रोथ फन्ड” योजनाको इकाई बिक्रीमा ल्याइएकाे थियाे ।

बाँडफाँड सम्मन्धी विवरण धितोपत्र निष्काशन तथा एनआईबिएल एस क्यापिटलको वेवसाइट तथा सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित वेवसाइटबाट पनि हेर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।