स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता सेयर लिलामीमा

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १ लाख ५९ हजार कित्ता सेयर लिलामीमा ल्याएको छ ।  लघुवित्तले नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर माघ १० गतेबाट लिलामी खुला गरेको हो ।

उक्त लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ र बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता खरिदका लागि आवेदन दिनुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । अधिकतममा भने कुनै हद लाग्ने छैन ।

इच्छुक लगानीकर्ताले माघ २४ गतेसम्म काठमाण्डौको नक्सालस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङमा बोलपत्र पेस गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।