आइसिएफसी फाइनान्सको नगद लाभांश वितरण

0
Shares

आइसिएफसी फाइनान्स लिमिटेडले नगद लाभांश वितरण गरेको छ । फाइनान्सले साधारण सभाका लागि गरेको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीको बैंक खातामा नै लाभांश वितरण गरिएको फाइनान्सले जनाएको छ ।

फाइनान्सको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) पारित भएको थियो । सोही लाभांशमध्ये बोनस र नगद लाभांशको करकट्टी गरी बाँकी लाभांश वितरण गरिएको हो ।

फाइनान्सले पुस २९ गते देखि नै आइपीएस मार्फत रकम जम्मा गरिएको जनाएको छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता र प्यान नम्बर यथाशीघ्र अद्यावधिक गराएपछि मात्र नगद लाभांश बैंक खातामा जम्मा हुनेछ ।

फाइनान्सको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।