मुक्तिनाथ विकास बैंकको औसत प्रगति, यस्तो देखियो वित्तीय विवरण

0
Shares

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म औसत प्रगति गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकले चालु आवको ६ महिनामा ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा विकास बैंकहरुमध्ये सबैभन्दा बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले समीक्षा अवधिमा ३.९६ प्रतिशतले नाफा वृद्धि गरेको हो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ छ ।

दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी तथा ८९ करोड ४६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म बैंकले १ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी तथा ८६ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा ब्याज आम्दानी ३३.३७ प्रतिशतले बढ्दा सञ्चालन नाफा ३.९६ प्रतिशत मात्र बढेको हो ।

इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको सञ्चालन मुनाफा र खुद नाफा दुबै घटेको हो । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज वापत ४४ करोड १७ लाख रुपैयाँ व्यवस्था गरेको छ । गत आवको सोही अवधिमा यस्तो रकम १६ करोड ४१ लाख रुपैयाँ मात्र थियो ।

साढे १३ प्रतिशतले चुक्ता पुँजी बढाएको बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ७९ पैसा घटेको छ । पुँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसकेपछि बैंकको इपीएसमा दबाब परेको हो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख तथा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसामा छ ।

बैंकको जगेडा कोष तथा कोषको आकार २ अर्ब ४१ करोड ९४ लाखबाट घटेर २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ झर्न पुगेको छ । जगेडा कोष ७.२३ प्रतिशत घटेको हो । समीक्षा अवधिसम्म बैंकले १ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब १९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ८१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको निक्षेप ४.४३ प्रतिशत र कर्जा लगानी ६.२० प्रतिशतले बढेको हो ।

बैंकको खराब कर्जा अनुपात ०.२६ प्रतिशत बिन्दुबाट बढेर ०.९८ प्रतिशत पुगेको छ । पुस मसान्तसम्ममा बैंकको प्रति सेयर नेटवर्थ १३४ रुपैयाँ ९६ पैसा, मूल्य आम्दानी अनुपात २१.५३ गुणा छ । बैंकको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९४ पैसा, स्पेडदर ४.९९ प्रतिशत, आधारदर १२.८० प्रतिशत, कर्जा निक्षेप अनुपात ८७.६६ प्रतिशत र पुँजीकोष अनुपात ११.५५ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।