तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा फागुन ३ गते

0
Shares

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नगद लाभांश अनुमोदन सहितका प्रस्तावहरु पारित गर्न फागुन ३ गते साधारण सभा बोलाएको छ ।

कम्पनीको पुस २६ गते सम्पन्न सञ्चालक समितिको बैठकले नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे २६ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ बाट प्रस्तावित चुक्ता पुँजीको कर सहित ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले समूह “ख” बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक अरुण कुमार सर्राफ, सुरेश लाल श्रेष्ठ र देवेश सर्राफको पुनः नियुक्ती र स्वतन्त्र सञ्चालकहरुमा श्रीबत्स शम्शेर राणा, मनोज प्रसाद राजभण्डारीको पुनः नियुक्तीलाई अनुमोदन गर्नेछ । साथै सञ्चालक सुरेश राज जोशीको नियुक्ती समेत सभाले अनुमोदन गर्नेछ ।

यस्तै सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयमा टुङ्गो लगाउनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुधबारदेखि साधारण सभा सम्पन्न नभएसम्मका लागि बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार माघ १७ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।