खराब कर्जाले गुडबिल फाइनान्सको नाफा उच्च घट्यो

0
Shares

गुडबिल फाइनान्स लिमिटेडलेको नाफा उच्च रुपमा घटेको छ । खराब कर्जा बढेपछि फाइनान्सको खुद नाफा अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ४०.७२ प्रतिशत घटेको हो ।

गुडबिलले दोस्रो त्रैमाससम्म ४ करोड ६९ लाख ४३ हजार खुद नाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ७ करोड ९१ लाख ९१ हजार थियो ।

फाइनान्ससको खराब कर्जा अनुपात गत वर्ष ३.७१ प्रतिशत रहेकोमा यो वर्ष पनि घट्न नसक्दा ३.७४ प्रतिशत पुगेको छ । यसले कम्पनीको इम्पेरमेन्ट चार्ज ३ करोड ६१ लाखबाट ४ करोड ५८ लाख बढेर ८ करोड १९ लाख पुगेको छ । इम्पेरमेन्ट चार्ज बढ्दा कम्पनीको सञ्चालन नाफा र खुद नाफा दुबै घटेको हो ।

इम्पेरमेन्ट चार्ज बढेकै कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीको वितरणयोग्य नाफा १० करोड ५२ लाखभन्दा बढी ऋणात्मक भएको छ ।

कम्पनीले ६ करोड ६५ लाख सञ्चालन नाफा गरेको छ । गत आवको सोही अवधिमा ११ करोड १५ लाख सञ्चालन नाफा गरेकोमा ४०.३४ प्रतिशत घटेको हो । कम्पनीले खुद ब्याज आम्दानी बापत २२ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको यसै अवधिमा १९ करोड ५५ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ब्याज आम्दानी १५.२० प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार रहेको कम्पनीको जगेडा कोषको आकार ३९.१६ प्रतिशतले घटेर ५५ करोड ८३ लाखमा संकुचित भएको छ । कम्पनीको सेयर प्रिमियममा २४ लाख र रिटेन्ड अर्निङमा १२ करोड ८३ लाख रुपैयाँ सञ्चित छ ।

चालू आर्थिक वर्षको ६ महीना अवधिमा ११ अर्ब ६१ करोड ७४ लाख निक्षेप संकलन गरेको फाइनान्सले ९ अर्ब ४० करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको यही अवधिमा कम्पनीले १० अर्ब ९४ करोड निक्षेप संकलन गरी ८ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

पुससम्म फाइनान्स कम्पनीको नाफा बढेसँगै प्रति सेयर आम्दानी पनि ९ रुपैयाँ ९२ पैसा, प्रति सेयर नेटवर्थ १७२ रुपैयाँ ८५ पैसा, मूल्य आम्दानी अनुपात ५०.३९ गुणा छ । कम्पनीको स्प्रेडदर ४.८४ प्रतिशत, आधारदर १३.१० प्रतिशत, कर्जा निक्षेप अनुपात ८४.५७ प्रतिशत, र पुँजीकोष अनुपात १३.०२ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।