‘सनराइज फोकस्ड इक्विटी फण्ड’ मा लगानीको अवसर, आजदेखि बिक्री खुल्यो

0
Shares

‘सनराइज फोकस्ड इक्विटी फन्ड’ को इकाई बिक्री आज ( माघ १० गते) देखि खुला भएको छ ।

सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस फन्डका प्रतिइकाई १० रूपैयाँ अंकित मूल्यका १२ करोड इकाई बिक्री खुला गरिएको हो ।
कुल १ अर्ब २० करोडको आकारमा सञ्चालनमा आउने उक्त फन्डमा १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंक र योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन मार्फत बिक्री खुला गरेको हो ।

सनराइज फोकस्ड इक्विटी फण्डका इकाईमा छिटोमा माघ १३ गतेसम्म बिक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ २४ गतेसम्म बिक्री अवधि तय गरिएको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

यस निष्काशनमा न्यूनतम ६ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको कूल आकार १ अर्ब २० करोड रूपैयाँ रहेको छ । योजनाको इकाई बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

खरीदकर्ताहरूले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यस योजनाको इकाई निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी ३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रबद्र्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यी रेटिङ्गले कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व वहन गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।