मेरो माइक्रोफाइनान्सकाे नगद लाभांश वितरण

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नगद लाभांश वितरण भएको छ । लघुवित्तको चुक्ता पुँजीको १० प्रतिशत नगद वितरण भएको हो ।

लघुवित्तको माघ ६ गते सम्पन्न भएको १० औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर सहित १० प्रतिशत नगद लाभांश पारित भएको थियो । सोही नगदमध्ये लाभांशमा लाग्ने करकट्टी गरी कम्पनीले सेयरधनीको बैंक खातामा जम्मा गरेको हो ।

लघुवित्तले साधारण सभाका लागि गरेको बुकक्लोज मितिभन्दा अघिल्लो दिन पुस २२ गतेसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयरधनीहरूको बैंक खातामा साधारण सभाको दिन माघ ६ गतेदेखि नै आईपीएस मार्फत जम्मा गरिएको हो ।

यस्तै कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता नं अद्यावधिक नगराएका सेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता नं र प्यान नम्बर यथाशीघ्र अद्यावधिक गराउन आग्रह गरेको छ ।

त्यसपछि मात्र आईपीएस मार्फत सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा हुने लघुवित्तको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।