बिपिडब्लु लघुवित्तले आईपीओ निष्काशन गर्दै

0
Shares

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ २२ गतेदेखि तथा सर्वसाधारण लगानीकर्ताका लागि फागुन १८ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । जसमध्ये १० प्रतिशतले हुन आउने ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन हुनेछ । बाँकी रहेको ८७ हजार ३०० कित्तामध्ये १ हजार ५०० कित्ता सेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले ८० हजार ९५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म तथा सर्वसाधारण लगानीकर्ताले फागुन १८ देखि २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर सफ्टवेयर, मेरो सेयर मोबाइल एप तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीहरु दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।