गणपति लघुवित्तले लाभांश वितरण नगर्ने

0
Shares

गणपति लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको माघ १२ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको १०० औं बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तका कामु प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आव २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभाशं वितरण नगर्ने निर्णय गरेको जानकारी दिए ।

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले १ करोड ८६ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफा कमाएपनि कम्पनीले लाभांश भने वितरण नगरेको हो ।  अघिल्लो आर्थिक वर्ष २०७७।७८ बाट लघुवित्तले सेयरधनीलाई १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।