शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुबै कम्पनीले भोलि मंगलबार साधारण सभा र लाभांश वितरणका लागि बुकक्लोज गर्दैछन् ।

नेरुडे लघुवित्तले चूक्ता पुँजीको २२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश तथा शिखर इन्स्योरेन्सले १६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश सहितका अन्य एजेण्डा पारित गर्न नेरुडेले माघ २८ गते, उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा डाकेको छ ।

यस्तै शिखरले माघ २५ गते बुधबार शिखर बिज सेन्टर थापाथलीमा बिहान ११ बजे १७ औँ र १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।