अपि पावरको डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

0
Shares

अपि पावर कम्पनीले लिमिटेडले फागुन १४ गते बानेश्वर व्याक्वेट, थापागाँउमा बिहान ११ बजे १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले लाभांश र हकप्रद निष्काशन गर्ने मुख्य प्रस्ताव सहित साधारण सभा डाकेको हो ।

कम्पनीको १९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजी गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

यस्तै सभाले चुक्ता पुँजी ३ अर्ब १३ करोड रुपैयाँको १० सेयर बराबर ४ कित्ता अनुपातका दरले हुन आउने १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ बराबरको १ करोड ६५ लाख ३४० कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत साधारण सभाबाट अनुमोदन गराउने प्रस्ताव रहेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुकक्लोज गर्नेछ । बुकक्लोज अनुसार फागुन ३ गते बुधबारसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।