बिपिडब्लु लघुवित्तको आईपीओ खुल्यो

0
Shares

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री खुला भएको छ ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (माघ २२ गते) देखि सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको सर्वसाधारणमा निष्कासन भएको सेयरको १० प्रतिशतले हुन आउने ९७ हजार रुपैयाँ बराबरको ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको हो ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर सफ्टवेयर, मेरो सेयर मोबाइल एप तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिनसक्ने बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।

सर्वसाधारणलाई फागुन १८ गतेदेखि

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि भने फागुन १८ गतेदेखि साधारण सेयर जारी गर्ने छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ८० हजार ९५० कित्ता सेयर बिक्रीमा ल्याउनेछ ।

कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये ९ हजार ७०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि र १ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

आईपीओमा सर्वसाधारण लगानीकर्ताले फागुन १८ देखि २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीहरु दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।