खप्तड लघुवित्तको ७८ प्रतिशतले घट्यो नाफा

0
Shares

खप्तड लघुवित्तको खुद नाफा ७८ प्रतिशतले घटेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्तले ४ लाख ७२ हजार खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा २१ लख ८० हजार रुपैयाँ थियो ।

सम्भावित कर्जा जोखिम बापतको व्यवस्थामा ११ लाख ९ हजार छुट्याएपछि कम्पनीको नाफामा असर पुगेको हो । जोखिम व्यवस्थापनका कारण नै कम्पनीको सञ्चालन नाफा ८९ प्रतिशत घटेर ३ लाख ४८ हजारमा झरेको छ ।

कम्पनीले पुसमसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट २८ करोड ४६ लाख ४३ हजार सापटी तथा २ करोड १३ लाख निक्षेप संकलन गरेर ३३ करोड ६५ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

पुससम्म कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ६४ प्रतिशत वृद्धि गरेर ७६ लाख ४४ हजार गरेको छ । गत आवको सोही अवधिमा खुद ब्याज आम्दानी ४६ लाख ६१ हजार रुपैयाँ थियो ।

चुक्ता पूँजी ४ करोड रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १ रुपैयाँ १८ पैसा र प्रति सेयर नेटवर्थ १०४ रुपैयाँ ७३ पैसा छ । जगेडा कोषमा १८ लाख ९१ हजार सञ्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।