मेरो माइक्रोफाइनान्सको खुद नाफा पौने ७ करोड

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमाससम्म ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

गत आवको यसै अवधिसम्ममा २९ करोड ४२ लाखभन्दा बढी खुद नाफा गरेकोमा ७७ प्रतिशतले खुद नाफा घटेको हो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले पनि नाफा प्रभावित भएको हो ।

लघुवित्तको सञ्चालन नाफा ७७.४४ प्रतिशत घटेर ९ करोड ४८ लाखमा संकुचित बनेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ४ करोड ६६ लाख धेरै रहेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात ३.५५ प्रतिशत रहेकोमा बढेर ४.९६ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । गत वर्ष ३५ लाख ६१ हजार रुपैयाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ४ करोड ५४ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी १ अर्ब २० करोड रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ११ रुपैयाँ ३० पैसा र प्रति सेयर नेटवर्थ १७१ रुपैयाँ १९ पैसा रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ४९ लाख र जगेडा कोष रकम ४८ करोड ९३ लाख रुपैयाँ सञ्चित छ ।

पुससम्म कम्पनीको निक्षेप संकलन ५.२३ प्रतिशत बढेर ३ अर्ब ५९ करोड ७९ लाख पुग्दा कर्जा लगानी ८ प्रतिशत घटेर १ अर्ब ५० करोड कायम भएको छ । यस्तै कर्जा सापटी १४.४५ प्रतिशत घटेर ८ अर्ब ८९ करोड लिएको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी ३५.२७ प्रतिशतले घटेर ३९ करोड १७ लाख ४८ हजार रुपैयाँमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।