विजय लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

0
Shares

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।