शुभम पावरको आईपीओ ४८ हजार १८८ जनालाई बाँडफाँड

0
Shares

शुभम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ ४८ हजार १८८ जनालाई बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल काठमाण्डौंमा कम्पनीको सेयर । आज बिहान ९ बजे बाँडफाँड गरिएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ४८ हजार १८६ जनाले १० कित्ताका दरले ४ लाख ८१ हजार ८६० कित्ता र २ जनालाई ११ कित्ताका दरले २२ कित्ता गरी कुल ४ लाख ८१ हजार ८८२ कित्ता सेयर बाँडफाँड गरिएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । उच्च आवेदनका कारण सबै आवेदकलाई सेयर बाँडफाँड गर्न अपुग भएपछि गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो ।

मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओमा कुल १२ लाख ७५ हजार ४२१ वटा आवेदनबाट १ अर्ब ३८ करोड ४७ लाख ५७ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ४७ हजार ५७० कित्ताको लागि आवेदन परेको थियो ।

रितपुर्वक नपरेको ३ हजार ५८७ जनाबाट माग भएको ४७ हजार २०० कित्ताको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेको १२ लाख ७१ हजार ८३४ जना आवेदकलाई सदर गरी सेयर बाँडफाँडमा सहभागि गराइएको थियो । त्यसमध्ये गोलाप्रथाबाट ४८ हजार १८८ जना भाग्यमानी आवेदकले सेयर हात पारेका छन् ।

शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि सेयर सुरक्षित गरी ४ लाख ८१ हजार ८८२ कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो ।

कम्पनीले बिक्री खुला भएको ५ लाख ८० हजार ५८० कित्तामध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, २९ हजार ३० कित्ता सेयर सामुहिक लगानी कोषहरुका लागि र कर्मचारीलाई ११ हजार ६१० कित्ता सुरक्षित गरेको थियो । बाँकी सेयर सर्वसाधारणहरुका लागि निष्कासन गरिएको थियो ।

आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्ध र धितोपत्र निष्कासनकर्ताको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।