चन्द्रागिरी हिल्सको खुद नाफा ५ करोड १४ लाख माथि, जगेडा कोष ३४ करोडले ऋणात्मक

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमाससम्ममा ५ करोड १४ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ५८ लाख ६ हजार  रुपैयाँ नोक्सानीमा रहेको थियो ।

भालेश्वर मन्दिर र होटलमा आन्तरिक पर्यटकहरुको वृद्धिका कारण आर्थिक क्रियाकलाप बढ्दा कम्पनीको मुनाफामा आकर्षक सुधार आएको हो ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) मा समेत वृद्धि भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७६ पैसा ऋणात्मक रहेको कम्पनीको इपीएस चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ६ रुपैयाँ ७१ पैसा पुगेको हो ।

दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी ४१.१३ प्रतिशत बढेर ४० करोड ८२ लाख ५८ हजार पुगेको छ । त्यसैगरी, कम्पनीको कुल आम्दानी ५१.०१ प्रतिशत बढेर ३५ करोड ७८ लाख ३९ हजार र अन्य आम्दानी १३९.९१ प्रतिशत बढेर ४२ लाख ८० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । ऋणात्मक रहेको कम्पनीको जगेडा कोष भने १९.४६ प्रतिशत सुधार भई ३४ करोड २९ लाख रुपैयाँमा झरेको छ ।

पुस मसान्तसम्म कम्पनीको प्रति सेयर नेटवर्थ ७७ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १९४.३३ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।