शिवमको नाफा २३% ले घट्यो, सिमेन्ट बिक्रीबाट ३ अर्ब ३४ करोड आम्दानी

0
Shares

शिवम सिमेन्ट लिमिटेडले चालु आवको दोस्रो त्रैमासमा आशातित प्रगति गर्न नसकेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको सिमेन्ट बिक्रीको आम्दानी घट्दा गत वर्षको यही अवधिको तुलनामा २२.९९ प्रतिशतले खुद नाफा घटेको छ ।

शुक्रबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा ३२ करोड ९० लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ थियो ।

कम्पनीले सिमेन्ट बिक्रीबाट हुने आम्दानी समीक्षा अवधिमा १ अर्ब २६ करोडले घटेको छ । कम्पनीले चालु आवको ६ महिना अवधिसम्म सिमेन्ट बिक्रीबाट ३ अर्ब ३४ करोड ३० लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा सिमेन्ट बिक्रीबाट ४ अर्ब ६० करोड ३१ लख २४ हजार रुपैयाँ आम्दानी गरेकोमा २७.३७ प्रतिशतले घटेको हो ।

कम्पनीको गत आवको ६ महिनामा १ करोड ३५ लाख ४४ हजार रुपैयाँ रहेको अन्य आम्दानी भने बढेर ३२ करोड ३६ लाख ८२ हजार रुपैयाँ भएको छ ।  चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको नाफा घटेसँगै वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४२ पैसाबाट ४ रुपैयाँ ४६ पैसा घटेर १४ रुपैयाँ ९६ पैसामा संकुचित बनेको छ ।

यस्तै कम्पनीको जगेडा कोषको आकार ३.९८ प्रतिशतले ३ अर्ब ७४ करोड रुपैयाँ सञ्चित भएको छ । पुससम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा र तरलता अनुपात १.३७ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।