सातामा ८८ अंक बढ्यो नेप्से, लगानीकर्ताको सम्पत्तिमा १ खर्ब २७ अर्ब रुपैयाँ वृद्धि

0
Shares

यो साता सेयर बजार मापक नेप्से ८८.०९ अंक बढेको छ । गत साता २०९४.५४ बिन्दुमा रहेको नेप्से यस साता ४.२१ प्रतिशत बढेर २१८२.६३ विन्दुमा पुगेको हो ।

सातामा २२१३.७८ बिन्दुसम्म पुगेको नेप्से २०८७.४८ बिन्दुसम्म झर्दा सातामा १२६.३० बिन्दुको उतार–चढाव नेप्सेमा देखा परेको थियो । नेप्से बढेपनि कारोबार रकम ४ प्रतिशत, सेयर संख्या ३ प्रतिशत र कारोबार संख्यामा ८ प्रतिशतको गिरावट आएको नेप्सेको तथ्याङ्क छ ।

कारोबारमा मन्दी आएपनि सूचकमा वृद्धि भएसँगै लगानीकर्ताको सम्पत्ति भने साता १ खर्ब २७ अर्ब रुपैयाँ बढको छ । गत साता कुल बजार पूँजीकरण ३० खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा यो साताको अन्त्यमा ३१ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको हो । यो साता पाँचमध्ये ४ कारोबार दिन बजार बढेसँगै लगानीकर्तामा उत्साह छाएको छ । बुधबार मात्र बजार घटेको थियो ।

यो साता दैनिक औसत २ अर्ब ५० करोृडको हिसाबले १२ अर्ब ५२ करोड २१लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ लाख २० हजार १२ वटा संख्यामा भएको कारोबारमा ३ करोड ४६ लाख १३ हजार २३५ कित्ता सेयर खरिद बिक्री भए ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेकोमा लगानी सबैभन्दा धेरै ७.९७ प्रतिशत बढेको छ । गत साता ६४.३४ बिन्दुमा रहेको लगानी उपसमूह यस साता ६९.४७ बिन्दुमा पुगेको हो ।

यस्तै फाइनान्स ७.१७, विकास बैंक ६.२९, हाइड्रोपावर ५.७८, उत्पादन तथा प्रशोधनमुलक ५.३३, निर्जीवन बीमा ४.१७, अन्य ३.७७, ब्यापार ३.६८, जीवन बीमा ३.३३, बैंकिङ्ग ३.१४, लघुवित्त २.९९, होटल तथा पर्यटनमुलक २.८८ र म्युचुअल फण्ड सबैभन्दा कम १.२५ प्रतिशत बढेको छ ।

नेप्सेमा यो साता दुई म्युचअल फण्डको १९ करोड ९२ लाख ५३ हजार २६० इकाई सूचीकृत भएको छ । यस साता सानिमा ग्रोथ फन्डको ६ करोड७२ लाख ५३ हजार २६० इकाई र एनआईबिएल ग्रोथ फण्डको १३ करोड २० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो ।

जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाउँदा लक्ष्मी बैंकको डिबेञ्चरकाले गुमाए

यो साता जोशी हाइड्रोपावरको लगानीकर्ताले सर्वाधिक कमाउँदा लक्ष्मी बैंकको डिबेञ्चरमा लगानी गरेकाले सर्वाधिक गुमाएका छन् ।

जोशीको सेयरमूल्यसर्वाधिक २१.८८ प्रतिशत बढेर ३१६.९० रुपैयाँ पुग्दा लक्ष्मी बैंकको डिबेञ्चरको सेयरमूल्य १३.९९ प्रतिशत घटेर ८०९.५० रुपैयाँमा झरेको छ ।

त्यसैगरी यो आदर्श लघुवित्तको सेयरमूल्य २१.८३ प्रतिशत, राधी विद्युतको १५.४२ प्रतिशत, सपोर्ट लघुवित्त १४.३०, बरुण हाइड्रोपावर १४, जानकी फाइनान्स १२.६७, खानीखोला हाइड्रोपावर १२.४०, न्यादी हाइड्रोपावर ११.७१, ङादी ग्रुप पावर ११.१९, र एचआईसीसीएलको सेयरमूल्य ११.१६ प्रतिशतले बढेको छ ।

सेयरमूल्य घटेकामध्ये आईसीएफसी डिबेञ्चर ६.१६, प्राइम डिबेञ्चर ५.९५, नबिल ब्यालेन्स्ड फन्ड–३ को इकाई ४.३१, सिभिल डिबेञ्चर ३.६३,सयपत्री हाइड्रोपावरको २.०१ प्रतिशतले घटेको छ । बाँकीको १ प्रतिशतभन्दा कम छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।