मकर जितुमायाको आईपीओ वैदेशिक रोजगारीमा रहेकाले आजसम्म भर्नुपर्ने, स्थानीयलाई थप समय

0
Shares

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आजसम्म आवेदन दिइसक्नुपर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५२ हजार कित्ता सेयर बिक्री खुला भएको थियो । हाइड्रोपावरले माघ १५ गतेदेखि आईपीओ निष्काशन गरेको थियो ।

स्थानीयलाई १५ दिन समय थप

कम्पनीको आईपीओ सेयरमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीय बासिन्दाहरुका लागि आवेदन दिन भने १५ दिन थप गरिएको छ । यससँगै अब लगानीकर्ताहरुले फागुन १५ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

कम्पनीले स्थानीय बासिन्दाका लागि प्रति सेयर १०० रुपैयाँ दरमा ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । स्थानीय बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

जारी सेयरमध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरी शंकर गाँउपालिकाको वडा नम्बर ५ र ६ का बासिन्दाहरुमा ३ लाख ४ हजार कित्ता सेयर तथा प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरी शंकर गाँउपालिका वडा नम्बर १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुमा १ लाख १४ हजार कित्ता सेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यस्तै प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्क https://ipoapply.prabhucapital.com/ मार्फत पनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।