सिभिल लघुवित्तको फागुन २९ मा डाक्यो एजीएम

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले फागुन २९ गते बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे ११ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले पूँजी संरचनामा परिवर्तन गर्दै संस्थापक–साधारण सेयर अनुपात ६०ः४० बाट घटाएर ५१ः४९ कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १४ गते आइतबार बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोजका आधारमा फागुन ११ गते बिहीबारसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।