अरुण काबेलीको नाफा २६ प्रतिशत घट्यो, विद्युत बिक्री आम्दानी कति ?

0
Shares

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीके खुद नाफा २६.०९ प्रतिशत घटेको छ ।

कम्पनीले पुससम्म १५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ग्त आवको सोही अवधिमा १५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खर्च बढेको र विद्युत बिक्री आम्दानी घटेको कारण कम्पनीको मुनाफा प्रभावित बनेको हो ।

वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी ३.९१ प्रतिशत घटेर ४३ करोड ६४ लाख २७ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ४१ लाख ६९ हजार रुपैयाँ थियो । यस्तै कम्पनीको अन्य आम्दानी ९५ प्रतिशत बढेर २७ लाख ३० हजार रुपैयाँ पुगेको छ भने खुद खर्च १६. २० प्रतिशत बढेर २६ करोड ६ लाख माथि पुगेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रति सेयर आम्दानी समीक्षा अवधिमा ५ रुपैयाँ ७६ पैसा घटेर १६ रुपैयाँ ३२ पैसामा खुम्चिएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा भने मूल्य आम्दानी अनुपात २५ गुणा छ ।

चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष ७१.७९ प्रतिशत बढेर ३६ करोड २० लाख ३५ हजार रुपैयाँ सञ्चित भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।