नागरिक लगानी कोषको खुद नाफा ५१ करोड माथि

0
Shares

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५१ करोड ३२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । ब्याज आम्दानी उल्लेख्य बढेर खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कोषको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.७८ प्रतिशत बढी हो ।

चुक्ता पूँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको कोषको नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३३ पैसा बढेर २४ रुपैयाँ १५ पैसा पुगेको छ ।

कम्पनीको जगेडा कोष २५.२३ प्रतिशत घटेर १५ अर्ब ६२ करोड ११ लाख ३८ हजार रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ १९५ रुपैयाँ ६५ पैसा छ भने मूल्य आम्दानी अनुपात ८७.९९ गुणा छ ।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १३९.३३ प्रतिशत बढेर २१ करोड २४ लाख ८ हजार रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा कमिशन आय ४.०३ प्रतिशत बढेर ६१ करोड ९ लाख २९ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको कुल आम्दानी २३.३६ प्रतिशत बढेर ८३ करोड ४३ लाख ५८ हजार रुपैयाँ पुगेको भने कुल खर्च ४.४९ प्रतिशत घटेर १५ करोड ४१ हजारमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।