नाडेप लघुवित्तको लाभांश रद्द

0
Shares

नाडेप लघुवित्त वित्तीय संस्थाको लाभांश रद्द भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत नगरेपछि रद्द भएको हो ।

माघ २९ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश रद्ध गर्ने निर्णय गरेको हो । बैठकले चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशतले हुन आउने २५ लाख ५६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो ।

लघुवित्तको सञ्चालक समिति बैठकले नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि लघुवित्तले लाभांश रद्द गरेको हो । नाडेपले डिप्रोक्स लघुवित्तसँग प्राप्ति सम्बन्धी सैद्धान्तिक सहमति भङ्ग गरेको थियो ।

डिप्रोक्स लघुवित्तसँगको प्राप्ति सम्बन्धी सम्झौताको शर्त बमोजिम प्राप्ति कार्य सम्पन्न नभई सैद्धान्तिक सहमति बदर भएपनि नाडेप लघुवित्तले हालसम्म अन्य कुनै पनि वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा गएको छैन । सोही कारण सेयर होल्डरहरुलाई लाभांश वितरणका लागि राष्ट्र बैंकले प्रतिबन्द लगाएपछि लाभांश वितरण रद्द भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।