ट्रेड टावरले ३ करोडको हकप्रद बिक्री गर्ने

0
Shares

आईपीओ निष्काशन गर्न लागेको ट्रेड टावर ग्रुपको प्यारेन्ट कम्पनी ट्रेड टावर लिमिटेडले विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३ करोड मूल्यको ३ लाख कित्ता सेयर जारी गर्ने भएको छ ।

कम्पनीको १३ औं वार्षिक साधारण सभाले निर्णय गरे बमोजिम कम्पनीले २०७९ असार मसान्तसम्म कायम चुक्ता पुँजीको १ कित्ता बराबर ०.०८६ अनुपातमा सेयरको बिक्री खुला गरेको हो ।

कम्पनीले लक्ष्मी बैंकमा रहेको खाता नम्बर ००५१११५८९६४ मा रकम जम्मा गरी सक्कल भौचर लेखा शाखामा बुझाउन आग्रह गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँको अंकित दरमा ११ लाख ५८ हजार ९८० कित्ता प्राथमिक सेयर निष्कासन गर्ने तयारीमा रहेको छ । प्राथमिक सेयर निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

ट्रेड टावर ग्रुपले थापाथालीमा ट्रेड टावर सञ्चालन गर्दै आइरहेको छ भने गौशालामा ट्रेड टावरको निर्माण कार्य अगाडी बढाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।