प्रिमियर इन्स्योरेन्सको सीईओ तिमिलाको राजीनामा स्वीकृत

0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

प्रमुख कार्यकारी अधिकृतबाट तिमिलाले दिएको राजीनामा माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

उनले २०७६ पुस २२ गतेबाट प्रिमियर इन्स्योरेन्सको सीइओ पदमा कार्यभार सम्हालेका थिए । उक्त बैठकले अर्को व्यवस्था नभएसम्मका लागि विता जोशीलाई कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। साथै, कम्पनीले कम्पनी सचिवमा पदमबहादुर थापालाई नियुक्त गरेको जनाएको छ ।

तिमिला नेको यसअघि इन्स्योरेन्सबाट प्रिमियरमा सीइओ बन्न आएका हुन् । यसअघि नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । नेकोबाट हटेको करिव ६ महिनाको कुलिङ पिरियडपछि उनी प्रिमियरमा प्रवेश गरेका थिए । उनले बीमा क्षेत्रमा करिब ४ दशक बताएका छन् । ओरेन्टल इन्स्योरेन्स कम्पनीमा १५ वर्ष र नेको इन्स्योस्योरेन्समा २३ वर्ष काम गरेका तिमिलाले नेको इन्स्योरेन्समा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।