साविक घोडीघोडीको सेयर युनिक नेपाल लघुवित्तको नाममा सूचीकृत, आइतबारदेखि कारोबार

0
Shares

साविक घोडीघोडी लघुवित्त वित्तीय संस्थाको सेयर युनिक नेपाल लघुवित्तको नाममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ । लघुवित्त कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका ११ लाख ६ हजार ३२५ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीको सेयर नेप्सेमा ‘युएनएलबी’ सिम्बोलबाट सूचीकृत भएको हो । यससँगै आइतबारदेखि लघुवित्तको सेयर यहि कारोबार संकेतमा दोस्रो बजारमा कारोबारमा आउनेछ ।

युनिक नेपाल र साविक घोडीघोडा लघुवित्तबीच मर्जर सम्पन्न भएपछि नेप्सेमा दुबै कम्पनीको सेयर युनिक नेपाल लघुवित्तको नाममा सूचीकरण भएको हो । दुई लघुवित्त १ः०.५ अनुपातमा एक आपसमा गाभिएका थिए ।

यसअनुसार साविक घोडीघोडा लघुवित्तको १० कित्ता सेयर हुनेले ५ कित्ता सेयर पाउनेछन् । घोडीघोडा लघुवित्तले सर्वसाधारणमा १ लाख ३२ हजार ६०० कित्ता सेयर जारी गरेको थियो । जसमा १ हजार ३८० कित्ता कर्मचारीका लागि, ६ हजार ६३० कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाएर बाँकी रहेको १ लाख २४ हजार ५९० कित्ता सयर १२ हजार ४५९ जनालाई १० कित्ताका दरले २०७६ असार २७ गते बाँडफाँड भएको थियो ।

लघुवित्तले हालसम्म सेयरधनीलाई कुनैपनि लाभांश भने वितरण गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।