माथिल्लो मैलुङखोला जलविद्युतले २५ करोडको आईपीओ ल्याउने

0
Shares

माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले २५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले रसुवा जिल्लाका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा २५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आईपीओ निष्कासनका लागि कम्पनीले फागुन ३ गते पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।

कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीको गत असोज ९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको र सर्वसाधारणका लागि आइपीओ ल्याउने प्रस्ताव पारित गरेको थियो । साथै कम्पनीले अधिकृत पुँजी वृद्धि तथा पुँजीगत संरचनामा परिवर्तन गर्नका लागि कम्पनीको प्रबन्ध पत्रको दफा तथा नियमावली संशोधन गर्ने लगायतका विभिन्न प्रस्ताव पारित गरेको थियो ।

यो सानिमा ग्रुप अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवा जिल्लामा १४.३० मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।