तीन लघुवित्तले डाके साधारण सभा

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाले आज सोमबार साधारण सभा आह्वान गरेका छन् ।

सपोर्ट लघुवित्त र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले एकैदिन आगामी चैत ४ गते तथा गणपति लघुवित्त वित्तीय संस्थाले चैत २५ गते वार्षिक साधारण सभा बोलाएका हुन् ।

गणपति लघुवित्त

साधारण सभाः चैत २५ गते शनिबार

स्थानः ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी नगरपालिाका–४ दुलेगौडा, तनहुँ

समयः बिहान ११ बजे

लाभांश प्रस्तावः छैन

सभा प्रयोजनका लागि बुकक्लोजः चैत १६ गते बिहीबार

साधारण सभाको मुख्य एजेन्डाः

  • गणपति लघुवित्त र अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने
  • गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतमा छलफल
  • आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने

सपोर्ट लघुवित्त

साधारण सभाः चैत ४ गते शनिबार

स्थानः दुर्गा पार्टी प्यालेस, इटहरी–४, सनुसरी

समयः बिहान साढे ९ बजे

लाभांश प्रस्तावः चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँको ११ प्रतिशत (९४ लाख ३८ हजार रुपैयाँ) बोनस सेयर र कर तिर्न ०.५७ प्रतिशत (४ लाख९६ हजार ७३७ रुपैयाँ) नगद गरी कुल ११.५७ प्रतिशत लाभांश

सभा प्रयोजनका लागि बुकक्लोजः फागुन २१ गते आइतबार

लाभांश पाउने मितिः फागुन १८ गते बिहीबार

साधारण सभाको मुख्य एजेन्डाः

प्रस्तावित लाभांश अनुमोदन गर्ने

  • सपोर्ट लघुवित्त र अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने
  • जारी तथा चुक्ता पुँजीलाई वृद्धि गरी ९ कोड ५२ लाख ३८ हजार रुपैयाँ कायम गर्ने
  • गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुने
  • प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने
  • आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने

युनिक नेपाल लघुवित्त

साधारण सभाः चैत ४ गते शनिबार

स्थानः होटल सेन्ट्रल प्लाजा, कोहलपुर नगरपालिका वडा –४ बाँके

समयः बिहान १० बजे

लाभांश प्रस्तावः छैन

सभा प्रयोजनका लागि बुकक्लोजः फागुन २२ गते सोमबार

साधारण सभाको मुख्य एजेन्डाः

  • युनिक नेपाल लघुवित्त र अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने
  • सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल
  • आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने
  • संस्थापक सेयरधनीहरुबाट ४ जना तथा सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्वाचन गर्ने

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।