महालक्ष्मी लाइफले नवीकरण शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्सले नविकरण बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले बिलम्ब शुल्कमा २५ प्रतिशत छुट दिने जनाएको हो ।

कम्पनीबाट जारी भएका बीमालेखहरु मध्ये नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने २०७७ फागुन १० देखि २०७९ फागुन ९ गतेसम्म रही बिलम्ब शुल्क लागेका बीमालेखहरुको नवीकरण शुल्क २०७९ चैत ९ गतेभित्र भुक्तानी गरी बीमा सुचारु गरेमा नवीकरण शुल्कका साथ लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरिने जनाएको छ । कम्पनीको तोकिएको उक्त सयमभित्र नविकरण बीमाशुल्कका साथ लाग्ने बिलम्ब शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने जनाएको छ ।

यस भन्दा पहिले छुट सुविधा प्राप्त गरिसकेका बीमालेखहरुमा भने यो छुट प्राप्त नहुने कम्पनीले जनाएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर प्रकृयामा रहेका छन् । दुई कम्पनीबीच २०७९ असार ३० गते बिहीबार १ः१ अनुपातको स्वाप रेसियोमा मर्जर जाने सहमति भएको छ । प्रभुका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मीका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहने, सञ्चालक समितिको अध्यक्षमा प्रभु लाइफका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मीका रमेश कुमार भट्टराई रहने सम्झौता भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।