आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

0
Shares

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ फागुन ८ गते सोमबार बाँडफाँड गरिएको छ ।

बिक्री प्रबन्धक सनराइज लिमिटेडका अनुसार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम भएको सेयर बाँडफाँडमा २ हजार ३३ जनाले सेयर पाएका छन् ।

उच्च आवेदनका कारण गोलाप्रथाबाट गरिएको बाँडफाँडमा २ हजार ३३ जनालाई १० कित्ताका दरले २० हजार ३३० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरेर बाँकी रहेको ८ कित्ता सेयर गोलाप्रथाबाट सेयर पाउने (२ हजार ३३) मध्येबाट पुनः गोलाप्रथा गरी ८ जनालाई थप १।१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।

यसअनुसार कम्पनीको आईपीओ २ हजार २५ जनाले १० कित्ताका दरले र ८ जनाले ११ कित्ताका दरले पाएका छन् । लघुवित्तले माघ १६ गतेदेखि फागुन २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २० हजार ३३८ कित्ता सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी हुने २ लाख ३ हजार ३८० कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरी बाँडफाँड भएको हो ।

लघुवित्तको वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी सेयर बाँडफाँड भएसँगै अब दोस्रो चरणमा कम्पनीले १ लाख ८३ हजार ४२ कित्ता सेयर सर्वसाधारण लगानीकर्तामा जारी गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।