किसान लघुवित्तको लाभांश घोषणा, लाभांशमा उच्च गिरावट

0
Shares

किसान लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७.३७ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा १२.६३ प्रतिशत कम हो । अघिल्लो आव २०७७/७८ बाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गरेको लघुवित्तको लाभांशमा भारी गिरावट आएको हो । खराब कर्जा बढेपछि अधिकांश लघुवित्तले गत आवबाट वितरण गर्ने लाभांश घटेको छ ।

किसान लघुवित्त कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षबाट चुक्ता पुँजीको ७ प्रतिशत (३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँ ) बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत (१७ लाख ३६ हजार ६२८ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल लघुवित्तको कम्पनीको चुक्ता पुँजी ४७ करोड १३ हजार लाख रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५० करोड ४३ लाख ६६ हजार ४६७ रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।