कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी नियुक्त


कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले पूर्वराजस्व सचिव भइ सकेका पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

उनी यसअघि बैंकको सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुठासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए ।

विसं २०४५ असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत थिए । पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।